राष्ट्रिय

माओवादी सरकारले गरेका कामलाई ओलीले सय दिनको उपलब्धीमा राखेः पुष्पकमल दाहाल

- केएफएम डेस्ककाठमाडौं

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले आफू नेतृत्वको सरकारले गरेका कामलाई वर्तमान सरकारले आफ्नो एक सय दिनको उपलब्धीमा समावेश गरेको टिप्पणी गरेको छ ।

मकवानपुरको थाहा नगरपालिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सरकारले गरेका कामलाई एमालेले उपलब्धीका रुपमा समावेश गरेको बताउनुभएको हो ।

सत्तारुढ दल नेपाली काँग्रेस र एमालेले आफूलाई सिध्याउन लागि परेको माओवादी अध्यक्ष दाहालले टिप्पणी गर्नुभयो । कसैले चाहँदैमा माओवादी पार्टी समाप्त नहुने उहाँको भनाइ थिये ।

विगतका आफ्ना कमीकजोरीको समीक्षा गरि अगामी निर्वाचनमा बहुमत ल्याउने गरि पार्टी पंक्ति लागि परेको दाहालले दावी गर्नुभयो ।