सरकारले एसपीपीमा सैद्धान्तिक सहमति गर्योः माओवादी अध्यक्ष दाहाल
- काठमाडौंपूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले अमेरिकासँग सैन्य रणनीति साझेदारीको रुपमा चिनिएको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा सैद्धान्तिक सहमति गरेको आरोप लगाउनुभएको छ ।
मकवानपुरको बज्रबाराहीमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एसपीपीमा सहकार्य गर्न सरकारले सैद्धान्तिक सहमति दिइसकेको विषय गम्भीर भएको बताउनुभएको हो ।
अध्यक्ष दाहालले सरकारका क्रियाकलापले राष्ट्रिय स्वाधीनताका प्रश्न पहिले भन्दा संवेदनशील बन्दै गएको बताउनुभयो । उहाँले सरकारका गतिविधिले राष्ट्रिय एकतामा गम्भीर खतरा भएको औँल्याउनुभयो ।