राष्ट्रिय

नेताहरूले आर्थिक चुनौतीहरूलाई समान प्राथमिकता दिएनन्ः भारतीय राजनीतशास्त्री मेहता

- केएफएम डेस्क

भारतीय राजनीतशास्त्री प्रतापभानु मेहताले विश्वका कुनै पनि लोकप्रियतावादी नेताहरूले आर्थिक चुनौतीहरूलाई समान प्राथमिकता नदिएको बताउनुभएको छ । कान्तिपुर मिडिया गु्ररुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभको तेस्रो सत्र लोकरिझ्याइँको लहर मा मेहताले अमेरिकादेखि भारतसम्मको चुनावको उदाहरण दिँदै पपुलिस्ट नेताहरूले आर्थिक चुनौतीका मुद्दालाई चुनावी एजेन्डा नबनाएको बताउनुभएको हो । 

ल्याटिन अमेरिकाका केही मुलुकका पपुलिस्ट नेताले चुनावी एजेन्डामा अर्थतन्त्र सुधारका मुद्दा अगाडि सारेको उहाँको भनाई छ । त्यस्तै पपुलिस्ट नेताहरूले विभिन्न मुद्दाहरूलाई उठाएर राजनीति गर्ने गरेको बताउदै मोदी देखि ट्रम्पसम्मका नेताहरूले पुरानो संरचनालाई आफ्नो सत्रुका रूपमा अगाडि सारेको मेहताको भनाई छ । त्यस्तै पछिल्लो समय भारतका विभिन्न दल र अमेरिकामा कमला ह्यारिससम्मले लोकतन्त्र संकटमा छ भनेर चुनाव लडेको उहाँको भनाई थियो ।