डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम १५ दिनभित्र तिर्न प्राधिकरणको आग्रह
-नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम उद्योगीहरुले आगामी १५ दिनभित्र नतिरे प्राधिकरण पुनः आफ्नै प्रक्रियामा लाग्ने बताउनुभएको छ ।
प्राधिकरणको केन्दि«य कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले सरकारको निर्णय अनुसार बक्यौता नतिरेका उद्योगहरुमा अहिले लाईन जोडिने भएपनि अबको १५ दिन भित्र उद्योगी एंव व्यवसायीहरुले बक्यौता रकम नतिरे प्राधिकरणले फेरि लाईन काट्ने बताउनु भयो ।
घिसिङले सरकार र नेपाल विद्युत प्राधिकरण संचालक समितिको निर्णय कार्यान्वयन गर्न लागिएको भन्दै सो उद्योगहरुमा २४ घण्टाभित्र लाइन जोड्ने बताउनुभयो ।
प्राधिकरणको आग्रह उद्योगीले अस्वीकार गरेपछि कानुनअनुसार बक्यौता रहेका उद्योगहरूको विद्युत लाइन तिहार अघि काटिएको थियो ।