सरकारको सक्रियता देखिएनः राप्रपा अध्यक्ष लिङ्देन
-राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले विपदमा पूर्वतयारी नगरेको र राहत तथा उद्धारमा सक्रियता नदेखाएको आरोप लगाउनुभएको छ । काभ्रेको बनेपामा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ८ औं जिल्ला अधिवेशनलाई गर्दै पार्टी अध्यक्ष लिङ्देनले असोजको दोस्रो साता आएको बाढी र पहिरो जस्ता विपदको समयमा सरकारले समयमा राहत र उद्धारमा सक्रियता नदेखाएको बताउनुभएको हो ।
अर्को प्रसंगमा अध्यक्ष लिङ्देनले अधिवेशनले पार्टीलाई बलियो बनाउने तथा जिम्मेवारी बहन निर्वाह गर्न सक्नेलाई नेत्तृत्व गर्ने अवसर दिनुपर्ने बताउनुभयो । यस्तै, आजबाट सुरु भएको राप्रपाको ८ औं जिल्ला अधिवेशन भोलिसम्म चल्नेछ ।