राष्ट्रिय

कांग्रेसले सर्वसम्मत छान्यो १० पदका उम्मेदवार

- केएफएम डेस्क

नेपाली कांग्रेसले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कोशी र गण्डकी प्रदेशका विभिन्न दस पदका उम्मेदवारको टुंगो लगाएको छ । पार्टीको विधानको व्यवस्थाबमोजिम उपनिर्वाचनका लागि १० पदका उम्मेदवारहरू सर्वसम्मतरुपमा चयन भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार कांग्रेसले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा बलराम सरदारलाई उम्मेदवार बनाएको छ । त्यस्तै, जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।