राष्ट्रिय

गढीमाई मेला आजबाट सुरु

- लक्ष्मी साहबारा

बारामा प्रत्येक ५÷५ वर्षमा लाग्ने गढीमाई मेला आज सुरु भएको छ ।

महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित गढीमाई भगवती मन्दिर परिसरमा आजदेखि १ महिनासम्म मेला लाग्ने गर्दछ ।

प्रत्येक पाँच वर्षको अन्तरमा लाग्ने मेलामा विभिन्न जिल्लाबाट दर्शनका लागि भक्तजनहरु पुग्ने गरेका छन् ।

मंसिरको २३ र २४ गते दुई दिन पशुपंक्षी बली दिने कार्यक्रम रहेको गढीमाईका मुल पुजारी शिव चौधरीले बताउनुभयो ।

मेलामा अन्य मुलुकका दर्शनार्थीहरु समेत दर्शनका लागि जाने गरेका छन् । मेला व्यवस्थापनका लागि सोही अनुसारको तयारी गरिएको जनाएको छ ।