राष्ट्रिय

बुद्ध धर्मलाई राजनीतिक रुपमा दुरुपयोग गर्ने कुचेस्टा भयोः प्रधानमन्त्री ओली

- केएफएम डेस्ककाठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रुपबाट दुरुपयोग गर्ने कुचेस्टा भइरहेको बताउनुभएको छ । 

ललितपुरमा आज आयोजित कार्यक्रमलाई सम्बोधान गर्दै ओलीले राजनीतिक हिसाबले बुद्ध धर्मलाई दुरुपयोग गर्न खोजिएको बताउँदै त्यस्ता कार्यलाई निषेध गर्नुपर्ने बताउनुभयो ।

 राजनीतिक दृष्टिकोणबाट अहिले बुद्धिजमलाई दुरुपयोग गर्न खोजिएकाले यसलाई निषेध गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । 

 प्रधानमन्त्री ओलीले बुद्ध धर्ममा विभेद नभएको उल्लेख गर्नुभयो । बुद्धका विचारलाई निस्वार्थ भावनाले अपनाउनुपर्ने उहाँले बताउनुभयो ।