राष्ट्रिय

विद्युत वितरण सुदृढीकरण गर्न नेपाल र जर्मनीबीच सम्झौता

- केएफएम डेस्क

नेपाल सरकार र जर्मनी सरकारबीच नेपालमा विद्युत वितरण सुदृढीकरण कार्यक्रम कार्यान्वयन गर्न अनुदान दिने सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक समन्वय सहयोग महाशाखाका सहसचिव धनीराम शर्मा र नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जले हस्ताक्षर गर्नुभएको छ ।

जर्मनी सरकारले नेपाललाई अनुदान सहायता स्वरुप १ अर्ब ४६ करोड रुपैयाँ उपलब्ध गराउने सहमतिपत्रमा उल्लेख गरिएको छ । सो सम्झौताले नेपालको विद्युत् वितरण पूर्वाधारको सुदृढीकरण , विद्युत् आपूर्ति सुनिश्चित गर्न एवं जलवायु–अनुकूल प्रविधिहरु लागू गर्ने लक्ष्य राखेको छ । 

सो कार्यक्रम आगामी २०२५ बाट सुरु हुने अर्थमन्त्रालयले जनाएको छ । त्यस्तै जर्मनी सरकारले दिने अनुदान बागमती प्रदेशको भरतपुर, लुम्बिनी प्रदेशको भैरहवा, तथा गण्डकी प्रदेशको पोखरा लगायतका प्रमुख क्षेत्रमा विकासका लागि केन्दि«त हुने अर्थमन्त्रालयको भनाइ छ ।