एमाले जागरणसभा आज
- काठमाडौंराजनीतिक स्थायित्व, सुशासन, विकास र समृद्धिका बारेमा आमजनतालाई सुसूचित गराउन भन्दै सत्तारुढ एमालेले काठमाडौंमा आज जागरणसभाको आयोजना गर्दैछ ।
सरकारको काम कारबाही र कार्यशैलीको आलोचना गर्दै विपक्षीदलले संर्घषका कार्यक्रम चलाइरहेका बेला सत्ताको नेतृत्व गरेको दल एमालेले पनि भ्रम र हल्लालाई चिर्न भन्दै जागरणसभा गर्न लागेको जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले कात्र्तिक १० गते खबरदारीसभा र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका विपक्षीदलहरुले विरोधसभाको कार्यक्रम अघि बढाउँदा सरकारको बचाउमा एमालेले जागरणसभा गर्न लागेको हो ।
काठमाडौं भक्तपुर र ललितपुर जिल्लाको संयुक्त आयोजनामा दरबारमार्गमा राखिएको सभामा एमालेले लोकतन्त्र, राजनीतिक स्थिरता र सुशासनका पक्षमा एक ठाउँमा उभिन अपिल गरेको छ ।
पछिल्लो समय सत्तागठबन्धन र सरकार विरोधी गतिविधिलाई चिर्न र लोकतन्त्र सुदृढीकरण, सुशासनको प्रत्याभूति, सरकारका कामबारे आमजनतालाई बताउन सभा गर्न लागिएको पार्टी सचिव पद्माकुमारी अर्यालले जानकारी दिनुभयो ।
एमाले नेतृत्वमा सरकार गठनका चार महिनामै सरकारमाथि भ्रष्टाचार, सुशासनको मुद्धामा सार्वजनिक रुपमै बढि रहँदा विपक्षीलाई जवाफ दिनपनि जागरणसभा आयोजना गरिएको नेताहरुको तर्क छ ।
जगारण सभालाई प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपीशर्मा ओलीले सम्वोधन गर्दै हुनुहुन्छ ।
काठमाडौंको भद्रकालीबाट ¥याली सुरु भई सुन्धारा, बीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने एमालेले जनाएको छ ।
यसैबीच एमालेको जागरण सभाका कारण काठमाडौंमा आज यातायात प्रभावित भएको छ । पुतलीसडक, बागबजार, त्रिपुरेश्वर, सिंहदरवार लगायतका क्षेत्रमा सवारी जामभएको छ ।