काठमाडौं बन्यो विश्वकै आठौं प्रदूषित शहर
- काठमाडौं
काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहरको आठौं स्थानमा परेको छ । वायुप्रदुषण मापन गर्ने गरिएका विश्वका १ सय १९ शहर मध्ये काठमाडौं आठौं स्थानमा परेको हो ।
प्रदूषण मापन गर्ने अन्तराष्ट्रिय संस्था आईक्यू एअरका अनुसार काठमाडौंको वायु मानव स्वस्थ्यका लागि अस्वस्थकर तहमा पुगेको हो । काठमाडौंको एक्युआई सूचक १ सय ५१ भन्दा माथि रहेको छ । सामान्यतया शुन्य देखी ५० सम्मको एकयूआईलाई स्वस्थकर वायु मानिन्छ ।
५१ देखी १ सय सम्मको एकयूआईलाई मध्यम मानिन्छ । १ सय १ देखी एक सय ५० लाई मानिसका लागि अस्वस्थकर मानिन्छ । १ सय ५१ देखी २ सय सम्म एक्युआई रहेको वायुलाई अस्वस्थ्यकर मानिन्छ । २ सय देखि ३ सयको एक्युआइ मानवस्वस्थ्यका लागि हानिकारक वायु मानिन्छ ।
सबैभन्दा प्रदुषित शहरमा भारतको नयाँ दिल्ली रहेको छ । यस्तै प्रदूषत शहरको दोस्रो स्थानमा पाकिस्तानको लाहोर छ । वायुप्रदूषणको सबैभन्दा ठूलो असर फोक्सोमा पर्ने चिकित्सकहरु बताउँछन् ।