बीआरआईमार्फत अनुदानमा सहयोग लिइने कांग्रेस सभापति देउवाको भनाई
-नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीनको बीआरआईमार्फत अनुदानमा सहयोग लिइने बताउनुभएको छ ।
जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बीआरआईका परियोजनाका लागि ऋण नलिएर अनुदान लिनुपर्ने कांग्रेसको अडान रहेको दोहो¥याउनुभयो । बीआरआईबारे आफूहरु प्रस्ट रहेको भन्दै देउवाले परियोजना अघि बढाउने बिषयमा छलफल जारी रहेकाले छिट्टै निष्कर्षमा पुग्ने समेत बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने उहाँको भनाई थियो । सभापति देउवाले सत्ता गठबन्धनमा कुनै खटपट नभएको समेत बताउनुभयो ।