राष्ट्रिय

प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबीच भेटवार्ता

- केएफएम डेस्क

प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको छ । भेटवार्ताबारे विस्तृत विवरण सार्वजनिक भएको छैन । प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच झन्डै २० मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि आजै भेट गर्नुभएको छ । यसैबीच, नेपालले प्रस्ताव गरेको फ्रेमवर्कमा अनुदान बिषय राख्न चिनियाँ पक्ष सहमत नभएपछि बीआरआइ कार्यन्वयनमा सम्झौता हुन नसकेको बताइएको छ । बीआरआइ कार्यन्वयनसम्वन्धि बहुप्रतिक्षित सम्झौता नहुँदा विभिन्न कोणबाट व्याख्या र विश्लेषण हुन थालेका छन् ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भोलि पेकिङ विश्वविद्यालय, नेपाल–चीन बिजनेस फोरम र बेइजिङस्थित नेपाली दूतावासले गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने भ्रमण तालिका छ । प्रधानमन्त्रीको रुपमा ओलीको यो तेस्रो भ्रमण हो । प्रधानमन्त्री ओली पर्सी नेपाल फर्किनुहुनेछ ।