राष्ट्रिय

ललितपुर महानगरको पाँच ठाउँमा इन्टिलिजेन्ट ट्राफिक लाइट

- केएफएम डेस्ककाठमाडौं

ललितपुर महानगरले इन्टेलिजेन्स ट्राफिक लाइट आजदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।

इन्टेलिजेन्स प्रणालीमा आधारित यी लाइटले जता धेरै सवारी साधनको संख्या छ, त्यतैतिर हरियो बत्ती बाल्छन् ।

ललितपुर महानगरले कुपण्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा यस्ता लाइट जडान गरेको हो ।

पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँच वटा लाइट जडान गरिएको महानगरको शहरी विकास योजना महाशाखाका प्रमुख श्रीकुमार महर्जनले जानकारी दिनुभयो । 

महानगरका प्रमुख चिरीबाबु महर्जनले ट्राफिक व्यवस्थापन गर्न यो लाइट जोडिएको भन्दै यो अभ्यास नेपालमै पहिलो भएको बताउनुभयो ।