१० दिने शाक्यमोन्लम सकियो
-बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित १० दिने शाक्यमोन्लम पूजा सम्पन्न भएको छ । विश्व शान्ति र मानव कल्याणको कामना गर्दै शाक्यमोन्लम पूजा मंसिर २४ गते सुरु भएको थियो । पूजामा विभिन्न मुलुकका एक सय ५० बढी लामा, भिक्षु भिक्षुणी र उपासक उपासिका सहित ५ सय स्वदेशी लामा, भिक्षुभिक्षुणी, उपासक उपासिका सहभागी थिए ।
२५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा पछिल्लो ८ वर्षयता लुम्बिनीमा आयोजना गर्न रोकिएको थियो । आठ वर्षसम्म भारतमा गरिएको पूजा लुम्बिनी विकास कोष उपाध्यक्ष ल्याहारक्याल लामाको अग्रसरतामा लुम्बिनीमा निरन्तरता पाएको हो । जगतको कल्याणकालागि जीवन अर्पित गरेका बोधिसत्वका प्रणहरुको सम्झना गरेर शान्तिको कामना गरिएको थियो ।