राष्ट्रिय

त्रिविको जग्गा फिर्ता गर्ने पहल

- केएफएम डेस्क

सरकारले त्रिभुवन विश्वविद्यालयका अतिक्रमित जग्गाहरुलाई फिर्ता ल्याइने बताएको छ । शारदाप्रसाद त्रिताल नेतृत्वको गठित विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोगको अध्ययन प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित जग्गा फिर्ता ल्याउने तयारी भएको बताउनुभएको हो । 

आयोगकोे प्रतिवेदनमा सिफारिस गरेका तथ्यको अध्ययन गर्दै सरकारले कार्यान्वयन गर्ने प्रधानमन्त्री ओलीले सामाजिक सञ्जलमार्फत धारणा सार्वजनिक गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याउने दाबी गर्दै प्रधानमन्त्री ओलीले हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाही हुने बताउनुभयो ।