राष्ट्रिय

आगामी चैत मसान्त भित्रमा राष्ट्रिय महाधिवेशन गर्ने अनेरास्ववियुको निर्णय

- केएफएम डेस्क

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आगामी चैत मसान्त भित्रमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । संगठनको सचिवालय बैठकले चैत्र मसान्तभित्र २४ औं महाधिवशेन गर्ने निर्णय गरेको अध्यक्ष समिक बडालले बताउनुभयो । त्यसअघि संगठनको केन्द्रीय कमिटी बैठक आगामी माघ ६ देखि ८ गतेसम्म काठमाडौंमा हुने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटी बैठकले राष्ट्रिय महाधिवेशनको मिति तय गर्ने अध्यक्ष बडालको उहाँको भनाई छ । त्यस्तै, त्रिविले तोकेकै मिति फागुन १५ गते स्ववियु निर्वाचन सम्पन्न गराउन पनि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरि दबाब सिर्जना गर्ने पनि निर्णय भएको उहाँले जानकारी दिनुभयो ।