नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी चयन
-नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी चयन हुनु भएको छ । संरक्षण परिषद्को काठमाडौंमा सम्पन्न पहिलो बैठकले लोहनीलाई कुलपतिमा चयन गरिएको विश्वविद्यालयले जनाएको छ । उहाँको ४ वर्षे कार्यकाल हुनेछ् । नेपाल विश्वविद्यालय ऐन २०८१ मा सर्वोच्च शासकीय निकायका रुपमा संरक्षण परिषद् (बोर्ड अफ ट्रष्टी) हुने व्यवस्था छ ।
संघीय संसदबाट पहिलो पटक प्रधानमन्त्री, शिक्षामन्त्रीबाहेकबाट कुलपति हुने व्यवस्थासहित गत असोजमा ऐन प्रमाणित भएको थियो । संरक्षण परिषद्का मनोनित सदस्यहरू मध्येबाट कुलपतिको चयन हुने ऐनको व्यवस्थाअनुसार लोहनीलाई चयन गरिएको विश्वविद्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाल विश्वविद्यालय ऐन पारित भएपछि स्थापना र सञ्चालनको तयारी गरिएको छ । नवलपरासी क्षेत्रमा विश्वविद्यालय सञ्चालन गर्ने तयारी छ ।