समितिले सिफारिस गरेका व्यक्तिहरुलाई सरकारले छानविनको दायरामा ल्याउने सूचना प्रविधि मन्त्री सुब्बाको भनाई
-सहकारीको बचत रकम अपचलन र दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले सिफारिस गरेका व्यक्तिहरुलाई सरकारले छानविनको दायरामा ल्याउने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समितिले कारबाहि सिफारीस गरेका सबैमाथि छानविन गरिने बताउनुभएको हो । काठमाडौंमा आयोजित .एक कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले समितिले बुझाएको प्रतिवेदनका अधारमा छानविन गरिने बताउनुभयो ।
मन्त्री गुरुङले सहकारी ठगी आरोपमा अनुसन्धान प्रक्रियामा प्रहरी हिरासतमा रहेका व्यक्तिहरुलाई छाड्नका लागि दबाब आइरहेको जिकिर गर्नुभयो । राजनीतिक दलहरुमा आफ्नो नेतामाथि अनुसन्धान गर्न नहुने धारणा विकास भएको बताउँदै मन्त्री गुरुङले सरकारले कुनैपनि दल विशेषलाई हेरेर अनुसन्धान नगरेको उल्लेख गर्नुभयो ।
पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धि अध्यादेश समेत जारी गर्ने तयारी गरेको छ । सो बारे जानकारी दिँदै उहाँले भन्नुभयो–
सहकारी ठगी प्रकरणको छानविनका लागि एमाले सासंद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन विशेष समिति गठन भएको थियो । सो समितिले ३ महिना बढी समय लगाएर बुझाएको अनुसन्धान प्रतिवेनदनका आधारमा सरकारले संलग्न व्यक्तिलाई कारबाही गर्ने जनाएको हो ।