गोदावरीका जनप्रतिनिधि स्याङजाको वालिङमा
- ललितपुरस्याङजाको वालिङ नगरपालिकाको फोहोर व्यवस्थापनको असल र अनुकरणीय अभ्यासको अवलोकन र अध्ययनका गर्न गोदावरी नगरपालिकाका जनप्रतिनिधि त्यस तर्फ गएका छन् । वालिङ नगरपालिकाले फोहोर व्यवस्थापनका लागि सरसफाई केन्द्र स्थापना गरेर वालिङ नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको छ ।
नगरपालिकाले फोहोरमैलाको उचित व्यवस्थापन गरेर आम्दानीको स्रोतमा रुपान्तरण गरेसँगै देशका विभिन्न पालिका र फोहोर मैलाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था अध्ययन र अवलोकनका लागि वालिङ जाने गरेका छन् ।
वालिङ नगरपालिकाले उपलब्ध गराएको तथ्याड अनुसार हालम्म नगरपालिका, गाउँपालिका र फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्ने एक हजार भन्दा धेरै संघसंस्थाले अध्ययन अवलोकन गरिसकेका छन् । गण्डकी प्रदेशको वालिङ नगरपालिका अहिले फोहोर व्यवस्थापनको लागि सिकाई केन्द्र जस्तै बनेको
आफ्नो प्रतिनिधिमण्डलसहित वालिङ पुगेका गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गोदावरी नगरपालिकाको दिसाजन्य लेदो व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको बताए । उनले भने, ‘ अब हामी यो काम छिट्टै सुरु गर्दैछौं, त्यसका लागि वालिङको अभ्यास हेर्न आयौँ । ’
वालिङले अन्य प्रकृतिका फोहोरको व्यवस्थापन पनि उत्कृष्ट तरीकाले गरेको बताउँदै भने, ‘फोहोर व्यवस्थापनको सिकाइको लागि हाम्रो यो भ्रमण फलदायी र उपलब्धिमूलक हुनेछ । ’
वालिङ नगरको वडामा गठन गरिएको उपसमितिले आ आफ्नो टोलमा कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा नगरका १४ वटै वडामा सरसफाइकर्मी नियुक्त गरी सरसफाईको काम अघि बढाइएको थियो ।
नगरपालिका र गैरसरकारी संस्थाबीच फोहोरमैला व्यवस्थापनको चारखम्बे अवधारणा अनुसार सम्झौता भई फोहोर सकलनको काम सुरु भएको थियो । चारवर्षे सम्झौता सकिएपछि अहिले नगरपालिकाले नै फोहोर व्यवस्थापना गरिरहेको छ ।