प्रमुख दलको सहमतिमा संविधान संशोधन हुन्छः सञ्चारमन्त्री गुरुङ
- काठमाडौंसञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा आज आयोजित एक कार्यक्रममा उहाँले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको हो ।
संशोधनका निम्ति संविधानको समीक्षा गरिने उहाँको भनाई थियो । सरकारमा रहेका प्रमुख दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको भन्दै उहाँले संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्नु हुने दाबी गर्नुभयो ।
संसदीय समितिमा विचाराधीन विधेयक शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुङ्गो लगाउने सरकारको योजना रहेको उहाँको भनाई थियो ।