शिक्षा ऐन पारित हुन समय लाग्दैनः शिक्षामन्त्री भट्टराई
-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले संघीय शिक्षा ऐन छलफल प्रकृयामा रहेकाले अब पारित हुन समय नलाग्ने बताउनु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा विराटनगरमा आयोजित शिक्षा व्यवस्थापनसम्बन्धी कार्यक्रममा मन्त्री भट्टराईले ऐन चाँडै पारित हुने दाबी गर्नुभयो । शिक्षा क्षेत्र सुधारका लागि सहकार्य, समन्वय र सहअस्तित्व अपरिहार्य रहेको उहाँको भनाई थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय शिक्षा ऐन शीघ्र जारी गर्न आवश्यक रहेको बताउनुभयो । संघीय सरकारले कानुन बनाउन ढिलाइ गर्दा शिक्षा क्षेत्र अगाडि बढ्न नसकेको धारणा भन्दै उहाँले संघले सात वर्षमा पनि कानुन बनाउन नसक्नु आश्चर्यजनक भएको उल्लेख गर्नुभयो । संघीय सरकारले कानुन निर्माणमा अविलम्ब कदम चाल्नुपर्ने र व्यवधान हटाउन सक्रिय पहल गर्नुपर्ने उहाँको भनाइ थियो ।