आजबाट देशभर पन्छी गणना सुरु
- काठमाडौंमुलुकभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा जलपन्छी गणना सुरु भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिबारदेखि जलपन्छी गणना गरिँदै आएको हो ।
पुस २० गतेदेखि माघ ६ गतेसम्म जलपन्छीको संख्या, प्रजाती, बासस्थानको अवस्थाबारे जानकारी लिनगणना गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । गणनामा सरकारी निकाय, सरोकारवाला संघ संस्था एवं स्वंसेवक गरी करीब ४ सय जनाको संलग्नता रहने नेपाल पन्छीविद् संघका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौड्यालले जानकारी दिनुभयो ।
हिउँदमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्यांक संकलन गरिने उहाँको भनाई छ । गत वर्ष कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौँ, पोखरा, लुम्बिनी, बीसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायत स्थानका ताल तलैया र सिमसार क्षेत्रमा जलपन्छी गणनागरिएको थियो ।
विगतका वर्षझै यस वर्ष पनि तराई, भित्रि मधेश, रारा ताल, काठमाडौँ उपत्यका र पोखरा उपत्यका सबै प्रमुख सिमसार क्षेत्रमा जलपन्छी गणनागरिने पन्छीविद पौड्यालले बताउनुभयो ।नेपालमा सन् १९८७ देखिनै एशियाली जलपन्छी गणनाहँुदै आएको हो । त्यस्तै सन् २०२४मा देशभरका १८ प्रमुख सिमसार क्षेत्र अन्तर्गत ७९ प्रजातीका ६३ हजार नौ सय जलपन्छी गणना गरिएको थियो ।