राष्ट्रिय

शिक्षा क्षेत्रको विषय उजागर गर्न आफू प्रतिबद्ध रहेको मन्त्री भट्टराईको भनाई

- केएफएम डेस्क

शैक्षिक क्षेत्रमा सुधारको माग गर्दै ९ दिनदेखि काठमाडौंको माइतीघरमा उभिएर धर्ना दिइरहेका विद्यार्थी नेता नेत्र चापागाईंले धर्ना स्थगित गर्नुभएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सभापति अम्मरबहादुर थापाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईंले धर्ना स्थगित गर्नु भएको हो । चापागाईंलाई संसदीय समितिको बैठकमा डाकेर मागबारे छलफल र सुझाव लिइने प्रतिबद्धता जनाइएको छ । शिक्षामन्त्री भट्टराईले चापागाईंले अघि सारेका मागहरू पूरा गर्न आफू प्रयासरत रहेको बताउनुभयो ।

पालिकामा कोष र योजना नभएकाले शिक्षा क्षेत्रको सुधार हुन नसकेको मन्त्री भट्टराईको भनाइ थियो । सार्वजनिक शिक्षा सुधारको माग राख्दै समाजवादी विद्यार्थी युनियनका अध्यक्ष चापागाईं दैनिक माइतीघरको सडकपेटीमा उभिएर धर्ना बस्दै आउनुभएको थियो ।