राष्ट्रिय

मधेशी समुदायमाथिको भेदभाव उत्तिकै छः अध्यक्ष यादव

- केएफएम डेस्क

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रको अन्त्यपछि गणतन्त्रमा आइसक्दा पनि मधेशी समुदायमाथिको भेदभाव र उत्पीडनमा कुनै कमी नआएको बताउनुभएको छ । 

मधेशी, आदीवासी जनजाती, मुस्लिम, थारु लगायत समुदायलाई राजनीतिक रुपमा पछाडी पार्ने काम भइरहेको यादवको भनाइ छ । सप्तरीको कंचनरुपमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले नागरिकताको समस्या आंशिक रुपमा समाधान भएपनि मधेसीमाथि उत्पीडन हट्न नसकेको बताउनुभयो । 

अर्को प्रसंगमा उहाँले बहुदलिय व्यवस्था आएको ३५ वर्षमा मुलुकको अवस्था थप जर्जर हुँदै गएको टिप्पणी गर्नुभयो ।