मुख्य समाचार

पूर्व पश्चिम राजमार्ग अन्तर्गत विनय खोलाको पुल भाँचियो

- नवीन पौडेल नवलपरासी

पूर्व पश्चिम राजमार्ग अन्र्तगत पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिकामा पर्ने दुम्किवासस्थित विनय खोलाको पुल भाँचिएको छ ।

भारतीय ट्रकले ठक्कर दिएपछि पुल भाँचिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी जेसी शाहले बताउनुभयो । पुल भासिएपछि पूर्व पश्चिम राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

बुटवल नारायणगढ सडक खण्ड विस्तारका क्रममा दाउन्नेमा लामो समय जाममा पर्ने समस्या भोगिरहेका यात्रुले पुल भाँचिएपछि फेरी लामो समय जाममा पर्नुपर्ने अवस्था आएको छ ।

बैकल्पिक सडक नभएकाले पुल नजिकै डाईभर्सन बनाएर मात्र यातायात सञ्चालन गर्नुपर्ने बाध्यता छ ।