राष्ट्रिय

हस्तकला क्षेत्र सरकारको सँधै प्राथमिकता रहन्छः प्रधानमन्त्री

- केएफएम डेस्क

प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यातवृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सँधै प्राथमिकता रहने बताउनुभएको छ । नेपाल हस्तकला महासंघको ४४ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने काममा लागि आफूहरुले सक्दो पहल गर्ने विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री ओलीले कला र संस्कृतिमा नेपाल धनी भएको सन्दर्भमा हस्तकला क्षेत्र कहिल्यै विस्थापित नहुने बताउँदै बजारका सामान भन्दा आफैंले मेहनत गरेर उत्पादन गरेको वस्तु र बनाएका सामान प्रयोग वृद्धिका लागि आग्रह गर्नुभयो । हस्तकला क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्षरुपमा ११ लाख रोजगारी सृजना गरेको, करिव ११ अर्ब मूल्य बराबरीको निकासी र सोही रकम बराबरको आन्तरिक कारोबार गरेको महासंघले जनाएको छ ।