राष्ट्रिय

नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश राष्ट्रपति पौडेलद्वारा जारी

- केएफएम डेस्क

राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश जारी गर्नुभएको छ । सरकारले ५ वटा अध्यादेश सिफारिस गरेकोमा चार वटा अध्यादेश केही दिनअघि राष्ट्रपतिबाट जारी भएपनि भूमिसम्वन्धि अध्यादेश रोकिएको थियो । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको छ । 

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई निशुल्क र अव्यवस्थित बसोबासीलाई तोकिएको दस्तुरमा जग्गाको स्वामित्व दिने व्यवस्था गर्न अध्यादेश ल्याइएको जनाएको छ । यसैबीच, सरकारले ल्याएका अध्यादेशबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी ओलीले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको बताउनुभएको छ । अध्यादेशबारे सत्तारुढ मुख्य घटक नेपाली कंग्रेसका कतिपय नेताले विरोध जनाइरहेका बेला प्रधानमन्त्री ओलीले सत्तारुढ दलबीचको एकता सबल भएको बताउनुभएको हो ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले दल विभाजनसम्वन्धि अध्यादेश ल्याउने सोचमा सरकार नभएको दावी गर्नुभएको छ ।