राष्ट्रिय

पीएसबी अवधारणाले सरकारको खबरदारी गर्नुपर्छः मन्त्री गुरुङ

- केएफएम डेस्ककाठमाडौं

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सुरु भएको सार्वजनिक सेवा प्रसारण (पीएसबी)ले सरकारको खबरदारी गर्नुपर्ने बताउनुभएको छ । 

काठमाडौंको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको पत्रकारीता तथा आमसञ्चार केन्द्रीय विभाग परिसरमा आज भएको सार्वजनिक सेवा प्रसारणको विषयमा नीति संवाद विषयक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले सुशासनलाई बढावा दिने गरि पिएसबीले काम गर्नुपर्ने बताउनुभयो ।



२०७३ मा आमसञ्चार नीतिबाट औपचारीक रुपमा सुरु भएको पीएसबी अवधारणाले गत असोज २१ गतेबाट औपचारीकता पाएको थियो । नेपाल टेलिभिजन र रेडियो नेपाललाई राजनीतिक र व्यापारिक स्वार्थबाट मुक्त बनाउने उद्देश्यसहित पीएसबी अवधारणा अघि सारिएको हो ।

पिएसबी अवधारणा सम्बन्धि ऐनमा राखिएका कतिपय प्रावधानलाई लिएर जानकारहरुले मन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन् । सो बिषयमा जवाफ दिँदै मन्त्री गुरुङले नेपालमा कानुन निर्माणका लागि विधेयक मस्यौदाको प्रक्रियानै गलत भएकाले समस्या भएको बताउनुभयो ।



कार्यक्रममा सहभागी सो क्षेत्रका जानकारहरुले पीएसबी अवधारणा अनुसार काम अघि बढेपनि बजारमा हुने प्रतिस्पर्धा, प्रविधिमा आउने परिवर्तनलाई ध्यान दिएर सरकारले पर्याप्त तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।