भारतमा बेच्न लागिएका १ सय ४५ पीडितको उद्दार
काठमाडौंभारतमा बेच्न लागिएका १ सय ४५ पीडितको केआई ईण्डिया नामक संस्थाले उद्दार गरेको छ ।
सन् २०२४ मा भारतका विभिन्न शहरमा बेचबिखनमा परेका र पर्ने उच्च जोखिममा रहेका उनीहरुलाई उद्दार गरिएको संस्थाले जनाएको हो ।
मानव वेचविखनसम्बन्धी काम गर्दै आएको सो संस्थाले नेपाली र भारतीय महिला तथा बालबालिकासहित केही पुरुषहरूको समेत उद्दार गरी स्वदेशफिर्ती गरिएको जनाएको छ ।
संस्थाका नेपाल संयोजक इन्द्रराज भट्टराईका अनुसार सन् २०२४ मा नेपाल र भारतमा गरी २६ वटा घटनामा आरोपितहरु विरुद्ध मुद्दा दर्ता भएको छ ।