राष्ट्रिय

वपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजिप्ट सरकारलाई नेपालको आग्रह

- केएफएम डेस्ककाठमाडौं

प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले इजिप्ट सरकारलाई आग्रह गर्नुभएको छ ।

परराष्ट्रमन्त्री राणाले पहिलो चरणमै विपिनको रिहाइका लागि पहल गरिदिन इजिप्टका विदेशमन्त्री डा अब्देल अतिमार्फत् इजिप्ट सरकारसँग आग्रह गर्नुभएको मन्त्री राणाको सचिवालयले जनाएको छ । स्वास्थ्य उपचारका लागि थाइल्याण्डको बैंककमा रहेकी मन्त्री राणाले त्यहीँबाट इजिप्टका मन्त्रीसँग फोनवार्ता गर्नुभएको हो ।

इजरायलसँग युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्ने प्रक्रिया अघि बढाएपनि रिहा गरिने बन्दीको सूचिमा नेपाली युवा जोशीको नाम उल्लेख छैन ।