राष्ट्रिय

राजेन्द्र महतोको नयाँ पार्टी दर्ता

- केएफएम डेस्क

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले दलका रुपमा प्रमाणपत्र प्रदान गरेको सो पार्टीका नेता केशव झाले जानकारी दिनुभयो । सो पार्टीले चुनाव चिन्ह ग्याँस सिलिण्डर प्राप्त गरेको छ ।

यसैबीच अध्यक्ष महतोले स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्त बमोजिम पार्टी अगाडि बढ्ने बताउनुभयो । यसअघि सद्भावना, राष्ट्रिय जनता पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट सक्रिय राजनीति गरेका महतोले राष्ट्रिय मुक्ति अभियान सञ्चालन गर्दै आउनुभएको थियो ।