इजरायलमा रोजगारीका लागि फागुनबाट कामदार पठाउने सरकारको तयारी
- काठमाडौंसरकराले जीटूजी माध्यमबाट इजरायलमा रोजगारका लागि आगामी फागुनबाट कामदार पठाउने तयारी गरेको छ ।
केयर गिभरमा पहिलो चरणमा एक हजार श्रमिकलाई पठाईने वैदेशिक रोजगार विभागले जनाएको हो । छनोट भएका मध्ये ६ सय महिला र ४ सय जना पुरुष छन् ।
उनीहरुको स्वास्थ्य परीक्षण भईसकेको छ । अब पूर्वप्रस्थान अभिमुखीकरण तालिम, रोजगारदातासँग कामदारको रोजगार सम्झौता लगायत प्रक्रिया पूरा गरेपछि फागुनबाट इजरायलमा कामदार पठाउन सुरु गरिने विभागका इजरायल शाखाका अधिकृत धनन्जय कुमार शाहले जानकारी दिनुभयो ।
स्वास्थ्य परीक्षण भएको तीन महिनाभित्र कामदार इजरायल पठाईसक्नु पर्ने प्रावधान छ । पहिलो चरणमा कामदारलाई पठाईसकेपछि दोस्रो चरणका लागि प्रक्रिया सुरु हुनेछ । केयर गिभरका लागि २ हजार १ सय १२ जना छनोट भएका मध्ये पहिलो चरणमा एक हजार जनालाई पठाउने तयारी भईरहेको हो ।