राष्ट्रिय

सगरमाथा आरोहणको सलामी दस्तुर १५ हजार डलर तिर्नुपर्ने

- केएफएम डेस्क

सरकारले सगरमाथा आरोहणमा विदेशीलगायतका आरोहीबाट संकलन गर्ने सलामी दस्तुरलाई ११ हजार अमेरिकी डलरबाट १५ हजार पु¥याएको छ ।

पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीका अनुसार हिमाल आरोहणसम्बन्धी दस्तुर हेरफेरलगायतका विषयमा संशोधन भएको पर्वतारोहण नियमावलीलाई मन्त्रिपरिषद्ले हालै पारित गरेर सगरमाथा आरोहणमा विभागले तोकेको ११ हजार सलामी दस्तुरलाई १५ हजार अमेरिकी डलर पु¥याइएको हो ।

सरकारले ८ हजार मिटर भन्दा अग्ला ८ वटा  हिमाल आरोहणका लागि खुला गरेको छ ।