राष्ट्रिय

नयाँ दलबाट अस्थिरताको दुष्चक्रमा फसाउने षड्यन्त्र भयोः एमाले

- केएफएम डेस्ककाठमाडौं

सत्तारुढ दल नेकपा एमालेले नयाँ दलहरुबाट मुलुकलाई अस्थिरताको दुष्चक्रमा फसाउने षड्यन्त्र भएको आरोप लगाएको छ ।

सो पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघको काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरलले पुराना पार्टीलाई असफल देखाएर खोलिएका नयाँ दलबाट मुलुकमा राजनीतिक अस्थिरता ल्याउन खोजिएको टिप्पणी गर्नुभयो ।

महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै जान्नेलाई छान्ने नारा लगाउने अभियान्ताले नेपालको कानुनबारे जानकारी राख्नुपर्ने टिप्पणी गर्नुभयो । युवाहरूलाई भ्रममा पार्न सो नारा लगाइएको उहाँले बताउनुभयो ।     

 राजनीति नबुझेका र सामाजिक सञ्जालमा लोकप्रियता प्राप्त गरेका व्यक्तिले मुलुकको समस्या समाधान गर्न नसक्ने एमाले महासचिव पोखरेलको भनाई छ ।