५५ बर्ष पुरानो पुल भासियो
- रौतहटरौतहटको चन्द्रपुर–१ स्थित रौतहट–सर्लाही जोडने बाग्मती पुलको स्पर भासिएको छ ।
पूर्वपश्चिम मुख्य राजमार्गको ५५ बर्ष पुरानो पुलको स्परभासिएपछि सबारी आवातजावत जोखीम हुने देखीएको छ ।
रौतहट तर्फको पूर्व पटि सात नम्बरको स्पर करिब ८ सेन्टिमिटरको भासिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर प्रकाश यादवले जानकारी दिनुभयो ।
एकै पटक चार÷पाच वटा मालबाहक सवारी पुल माथिबाट गुड्न थालेमा ठुलो जोखीम निम्त्याउन सक्ने उहाँको भनाई छ ।
माल बाहक सवारीलाई एक पटकमा एउटा चल्ने वातावरण मिलाउन रौतहट र सर्लाही जिल्ला ट्राफिक प्रहरीलाई अनुरोध सहित पत्राचार गरिसकेको उहाँले बताउनुभयो ।
त्यस्तै सडक डिभिजनले पुल भासिएको पुल महाशाखा काठमाडौलाई जानकारी गराईसकेको छ । शाखाको टोली समेत निरिक्षणमा जाने सडक कार्यालयले जनाएको छ ।
२०२६ सालमा तत्कालीन सोभियत संघको सहयोगमा पुर्वपश्चिम राजमार्गका पुलहरु निर्माण गरीएको हो ।
बाराको पथलैया देखि धनुषाको ढल्केवर सम्मको पुलको बिमहरु खिया लागेर भाचिने अवस्थामा पुगेको छ ।
पचास वर्ष अघि निर्माण गरिएको अधिकाश पुलहरु जीर्ण भइसेकेको छ ।
पुलको बेरिङ फुटेपछि जोडिएको दुई स्परको भाग छुटिदै गएकाले यसले जोखिम निम्त्याउन सक्ने बाग्मतिका स्थानिय गोपाल घिमिरले बताउनुभयो ।