साझा धारणा बनाएर संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत हुने माओवादी अध्यक्ष दाहालको भनाई
-प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलहरू साझा धारणा बनाएर संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत हुने बताउनु भएको छ ।
समाजवादी मोर्चाको विचार सभालाई सम्बोधन गर्दै सरकार अध्यादेशको बाटोबाट निरंकुशतातर्फ अघि बढ्न खोजेको आरोप लगाउँदै उहाँले विपक्षीहरूको दबाबले मात्र संसद् अधिवेशन बोलाएको बताउनुभयो । सदन बस्नुअघि विपक्षी दलको बैठक बसेर सामूहिक रूपमा प्रस्तुत हुनेबारे निर्णय गर्ने उहाँको भनाई थियो ।
सरकारले सुशासनलाई कमजोर बनाउने, अर्थतन्त्र धराशयी गराउने काम गरी जनविरोधी कदम चालेको अध्यक्ष दाहालको आरोप थियो । समाजवादी मोर्चा वामपन्थी एकताकै लागि भएको पनि बताउनुभयो ।
फरक प्रसंगमा उहाँले समाजवादी मोर्चालाई पार्टी एकताको तहसम्मे लैजाने प्रयास राख्नुपर्नेमा जोड दिदैं हतारोमा एकता भने गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।