राष्ट्रिय

बाग्मती प्रदेश सभाको हिउँदे अधिवेशन आज सुरु हुँदै

- सुवास विडारीमकवानपुर

बाग्मती प्रदेश सभाको हिउँदे अधिवेशन आज सुरु हुँदैछ । सरकारले पर्याप्त विजनेशबिनै डाकेको प्रदेशसभाको १५ औं अधिवेशनको पहिलो बैठकमा कुनै पनि विधेयक पेश नहुने भएको छ । 

अधिवशेन सुरु भएको दिन भएकाले दलीय आधारमा सदस्यहरुले आ–आफ्नो मन्तव्य मात्र राख्ने कार्यसूची निर्धारण गरिएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । 

बाग्मती प्रदेशसभाको बर्खे अधिवेशन गत असोज ७ गते सकिएको थियो । यस अवधिमा बसेका ३८ वटा बैठकले चार वटा विधेयक पारित गरेको थियो ।

यसअघि हिजो साँझ बसेको प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो । प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रको बारेमा सदनलाई जानकारी गराउने कार्यसूची रहेको छ । 

आजै प्रदेश सभा स्थापना दिवस रहेकाले मन्तव्यको कार्यसूची पछि बैठक स्थगित गरिनेछ । बैठक सकिएसँगै स्थापना दिवसको कार्यक्रम सुरुवात गर्ने तयारी प्रदेशसभा सचिवालयले गरेको छ ।