कंग्रेससँगको सत्ता साझेदारीपछि मुलुक स्थायित्वतर्फ अघि बढेको छः प्रधानमन्त्री ओली
-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका उपलव्धि, अध्यादेश र प्रतिपक्षी दलको भूमिका लगायत बिषयबारे प्रतिनिधिसभाको बैठकमा धारणा राख्नुभएको छ । नेपाली कंग्रेससँगको सत्ता साझेदारीपछि मुलुक स्थायित्वतर्फ अघि बढेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणलाई गति दिइएको र अर्थतन्त्रलाई लयमा फर्काइएको दावी समेत गर्नुभएको छ । नयाँ अधिवेशनको पहिलो बैठकलाई सम्वोधन गर्दै उहाँले दुई दल मिलेर सरकार बनेपछि सत्ता राजनीतिको अस्थिर खेल अन्त्य भएको बताउनुभयो । प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले पछिल्लो पटक ल्याइएको अध्यादेशको बचाउ गर्दै सकारात्मक उपलव्धि हासिल गर्न कानूनहरु निर्माण गरिएको बताउनुभयो । अध्यादेश ल्याउनु संवैधानिक अधिकार भएको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्न सरकारले अध्यादेश ल्याउन खोजेको भन्ने विपक्षी दलहरुले लगाएको आरोपको प्रतिवाद समेत गर्नुभयो । पार्टी विभाजनमा सरकारको ध्यान
यसैबीच, प्रधानमन्त्री ओलीले सरकारको भविष्यलाई लिएर भइरहेको चर्चाप्रति असन्तुष्टी जनाउनुभएको छ । सरकार ढल्दैछ भन्ने गीत गाउन आवश्यक नभएको उहाँको भनाइ थियो ।
यसैबीच, प्रमुख सत्ता साझेदार नेपाली कंग्रेसले एमालेसँग भएको सहमतिमा दृढ रहेको बताएको छ । कंग्रेस सभापति एवम् संसदीय दलका नेता शेरवहादुर देउवाले एमालेसँगको ७ बूँदे सहमति कार्यन्वयनमा आफूहरु प्रतिवद्ध भएको बताउनुभयो ।
कंग्रेस सभापति देउवाले गठबन्धन सरकारको काममा प्रश्न उठाउन मिल्ने अवस्था नभएको दावी गर्नुभयो । विकास निर्माण र अर्थतन्त्रको सवालमा सकारात्मक काम भइरहेको उहाँको भनाइ थियो ।
यसैबीच, संसद बैठकमा बोल्दै प्रतिपक्षी दलका नेताहरुले सुशासन बहाली र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको आरोप लगाएका छन् । ती दलले अध्यादेश ल्याउने सरकारको कदमको समेत चर्को आलोचना गरेका छन् । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेशबाट शासन गर्न खोज्नु गलत भएको टिप्पणी गर्नुभयो ।
सरकारले सुशासनको मामिलामा काम गर्न नसकेको उहाँको भनाइ थियो । अर्को विपक्षी दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सुशासन बहाली र जनताको भरोसा जित्ने काम सरकारले गर्न नसकेको बताउनुभयो । प्रधानमन्त्री निकट व्यक्तिहरुले राजनीतिक नियुक्तिका
यता, सत्तारुढ एमालेका सांसदले भने अध्यादेश ल्याउने सरकारको कदमको बचाउ गरेका छन् । एमाले सांसद योगेश भट्टराईले विगतमा ल्याइएको अध्यादेशबाट बनेको पार्टीले समेत अहिले विरोध उत्रिएको भन्दै व्यंग्य गर्नुभयो ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै दल र स्वतन्त्र सांसदले बैठकमा धारणा राखेका थिए ।