सत्ताको दुरुपयोग भएको रास्वपा सभापति लामिछानेको आरोप
- काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेविरुद्ध सत्ताको दुरुपयोग भएको आरोप लगाएको छ । लामिछानेमाथि बदला लिन सरकारले सहकारी ठगी प्रकरणमा सबै शक्ति प्रयोग गरिरहेको सो पार्टीको भनाइ छ । रास्वपा सांसद स्वर्णिम वाग्लेले लामिछानेमाथि अत्याचारको शृङखला चलाइएको टिप्पणी गर्नुभयो ।
सम्पत्ति शुद्धिकरण सम्वन्धि कानूनमा टेकेर सभापति लामिछानेको सांसद पद निलम्वन गरिएको भन्दै रास्वपाले आपत्ति जनाएको छ । निलम्वन फुकुवाका लागि सभामुखलाई आग्रह गरिएको वाग्लेले बताउनुभयो ।
यसअघि रास्वपा सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिनुभएको थियो । जवाफमा सभामुख घिमिरेले कानुन, संसद् नियमावली र अभ्यासबमोजिम नै सांसद पद निलम्बनको निर्णय गरेको बताउनुभएको थियो । सहकारी ठगी र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोगपत्र दर्ता भएपछि संसद् सचिवालयले गत पुस ८ गते लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना प्रकाशित गरेको थियो ।