सरकार र पाथीभरामा आन्दोलनरत समूहबीच वार्ता जारी
- काठमाडौंसरकार र पाथीभरामा केबलकार निर्माण विरुद्धमा आन्दोलनरत समूहबीच आज पनि छलफल भईरहेको छ ।
गृह मन्त्रालयले गठन गरेको वार्ता समिति र आन्दोलनरत समूहले बनाएको वार्ता सहजीकरण समितिबीच हिजो ललितपुरस्थित एक होटलमा छलफल भएको थियो । हिजोको बैठक निष्कर्षविहीन भएपछि आज पुनः बस्न बसेको हो ।
सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ भने आन्दोलनरत समूहले अमर तुम्याहाङको संयोजकत्वमा राम मादेन, शंकर लिम्बू र सरु सिंघक सदस्य रहेको वार्ता सहजीकरण समिति गठन गरेको छ ।
योसँगै विगत पाँच वर्षदेखि सुरु भएको द्वन्द्व व्यवस्थापनका लागि प्रकृया सुरु भएको छ ।
आफूहरुको मुख्य माग राजनीतिक तहबाट मात्रै पूरा हुने भएकाले आन्दोलनरत समूहले सहजीकरण समिति गठन गरेको जनाएको छ ।