राष्ट्रिय

केबलकार विवादः गृहमन्त्री लेखकद्वारा कोशी प्रदेशका जिल्ला सभापतिसँग छलफल

- आनन्द गौतम

पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकार विवादको दिगो समाधानका लागि गृहमन्त्री रमेश लेखकले नेपाली काग्रेसका कोशी प्रदेशका जिल्ला सभापतिसँग छलफल गर्नु भएको छ । 

सरकार र केबलकार निर्माण कार्यको विरोधमा उत्रिएका आन्दोलनरत पक्षबीच वार्ता भइरहँदा लेखकले दिगो समाधानकालागि राय मागेको छलफलमा सहभागी ताप्लेजुङ काग्रेसका उपसभापति डिल्लीरमण बरालले जानकारी दिनुभयो । सहभागी जिल्ला सभापति तथा प्रतिनिधिले सम्वाद मार्फत विवाद टुं्ग्याउन सुझाव दिएका थिए ।

विवाद निरुपण गरेर मात्र केवलकार निर्माण कार्य अघि बढाउन अधिकांशले सुझाव दिएको उहाँको भनाई थियो । यसैबीच, ललितपुरस्थित एक होटलमा सरकार र आन्दोलनरत पक्षबीच वार्ता भइरहेको छ । बिहानैदेखि वार्ता भएपनि टुंगोमा पुगीनसकेको वार्ता सहजीकरण समितिका संयोजक अमर तुम्याहाङले बताउनुभयो । आफूहरुले निर्माण कार्य स्थगित गर्नुपर्ने माग राखेपनि सरकारी पक्षले सहमति नजनाएको उहाँको भनाइ छ ।