संसदीय समिति बैठक बस्दै
- काठमाडौंसंघीय संसद्अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छन् ।
पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको हो ।
अहिले केहिबेरमा बस्ने पूर्वाधार विकास समितिको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई छलफलका लागि बोलाइएको छ ।
त्यस्तै केहीबेरअघि सुरु भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा खेलकुदको विकासमा मन्त्रालयले अहिलेसम्म गरेका कामकारबाही तथा आगामी योजनाका विषयमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहितका पदाधिकारीसँग छलफल भइरहेको छ ।