रास्वपा सभापति लामिछानेमाथि सरकारले रवैया देखायोः डीपी अर्याल
- काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेमाथि सरकारले रवैया देखाएको भन्दै संसदको ध्यानाकर्षण गराएको छ ।
सो पार्टीले संसदको नियमावली अनुसार लामिछानेको सांसद पद निलम्वन फुकुवा गर्न समेत माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा आज बोल्दै रास्वपाका कार्यवाहक सभापति एवम् सांसद डीपी अर्यालले लामिछानेमाथि सरकारको रवैयालाई संसदले समर्थन गर्न नहुने बताउनुभयो ।
सम्पत्ति शुद्धिकरणमा मद्दा चलेको आधारमा लामिछानेको पद निलम्वन गरिएको भन्दै रास्वपाले विमत्ति जनाउँदै आएको हो । कार्यवाहक सभापति अर्यालले संसदको नियमावली अनुसार लामिछानेको पद निलम्वन फुकुवा हुनुपर्ने बताउनुभयो ।
सहकारी ठगी लगायत मद्दा लागेका लामिछाने पछिल्लो पटक हिजो चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा हुनुभएको छ ।