राष्ट्रिय

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

- दीपक परियारपोखरा

पोखराको लेकसाइडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र पछाडि सवार सिमलचौरका २१ वर्षीय सुजल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाशदीप जिसीले बताउनुभयो ।

जिसीका अनुसार लेकसाइडबाट सहिदचोकतर्फ जादै गरेको मोटरसाइकल अनियन्त्रित भइ स्ट्रिट नम्बर ३ नजिकै सोलारको पोलमा ठोक्किन पुगेको थियो ।

टाउकोमा गम्भीर चोट लागेका दुवैको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।