राष्ट्रिय

आगोले जलेर घाइते भएकी महिलाको मृत्यु

- दुर्गालाल केसीदाङ

दाङको तुलसीपुरमा खाना पकाउने क्रममा कपडामा सल्किएको आगोले जलेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । 

राप्ती प्रादेशिक अस्पतालमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–१९ संग्रामकी ६४ वर्षीया इश्वरी वलीको आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बहादुर रानाले जानकारी दिनुभयो । 

माघ २१ गते बिहान खाना पकाउने क्रममा कपडामा आगो सल्किएर वली घाइते भएकी थिइन् । पेटदेखि घुँडासम्म जलेपछि उनलाई चिनारी अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । 

बुटवलबाट कीर्तिपुर बर्न अस्पताल काठमाडौं रेफर गरिएको थियो । कीर्तिपुरमा पनि उपचार सम्भव नभएछि सोमबार उनलाई पुनः राप्ती प्रादेशिक अस्पतालमै ल्याएको थियो ।