ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका मध्ये २ को मृत्यु
- काठमाडौंकाठमाडौंको कमलपोखरीस्थित शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका मध्ये उपचाररत २ जनाको मृत्यु भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मकवानपुरका १८ वर्षीय रविन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घले मगरको गएराति मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहोराले बताउनुभयो ।
प्रहरीका अनुसार ९ जनाको कीर्तिपुर अस्पतालमा उपचार भईरहेको छ । कमलपोखरीस्थित शानदार मःम पसलमा गत बिहीबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका थिए ।
विस्फोटपछि जलेर घाइते भएका उनीहरुलाई कीर्तिपुर अस्पताल लगिएको थियो । शय्या अभावका कारण आइसीयूमा राख्नुपर्ने बिरामीलाई जनरल वार्डमा राखेर उपचार गरिएको थियो ।