पुर्पक्षमा राख्ने जिल्ला अदालतको आदेश विरुद्ध जोशी उच्च अदालतमा
-बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा मुछिएका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशीले पुर्पक्षमा राख्ने जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा अपिल गर्नुभएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधिश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई हिजो पुर्पक्षका लागि कारागार पठाउने पैmसला गरेको थियो ।
आदेश र ठहर खण्डमा उल्लेखित विषयहरु पूर्वाग्रही रहेकाले आदेश बदर माग गर्दै निवेदन दर्ता गराईएको अधिवक्तासमेत रहेका जोशीका छोरा रोचक जोशीले बताउनुभयो । सुप्रिम सहकारी ठगीमा एकै प्रकृतिको मुद्धामा रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका प्रवन्ध निर्देशक रवि लामिछाने भने १ करोड धरौटीमा रिहा हुनु भएको थियो ।
यसअघि जोशी पोखराको सूर्य दर्शन सहकारीमा ८८ लाख र काठमाण्डौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्धामा ५० लाख धरौटीमा रिहा हुनु भएको थियो । जोशीविरुद्ध चितवनको सहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भएको छ ।