सरकारले अध्यादेश ल्याएर सदनको अवमूल्यन गरेको माओवादी दाहालको आरोप
-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले अध्यादेश ल्याएर सदनको अवमूल्यन गरेको आरोप लगाउनुभएको छ । सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा दाहालले अध्यादेश राष्ट्रिय सभाबाट पास नहुने दाबी समेत गर्नुभयो ।
अहिलेको सरकारले आर्थिक रूपमा देशलाई पछाडि धकेल्ने काम गरिरहेको अध्यक्ष दाहालको भनाइ थियो । अर्को प्रसंगमा दाहालले एकीकृत समाजवादी र नेत्रविकम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकताको प्रयास भइरहेको बताउनुभयो ।
पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेकाले विश्वासको वातावरण बनाएर एउटै पार्टी बनाउने योजनामा भएको उहाँको भनाइ छ ।