राष्ट्रिय

पुसको तुलनामा माघमा आपराधिक गतिविधि ५ प्रतिशतले बृद्धि

- केएफएम डेस्ककाठमाडौं

नेपालमा आपराधिक गतिविधि बढ्दै गएको पाइएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार माघ महिनामा मात्र ४ हजार ५ सय ८२ वटा आपराधिक घटना भएका छन् ।

 पुस महिनामा ४ हजार ३ सय ४५ वटा घटना भएको तथ्याङ्क भए पनि माघ महिनामा भने ५ दशमलव ४५ प्रतिशतले बृद्धि भएको छ । प्रहरीका अनुसार सबैभदा धेरै बैंकिङ कसुर सम्बधी १हजार १ सय ३७ वटा उजुरी दर्ता भएका छन् । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धका ६ सय ४१वटा उजुरी परेको छ भने लागू औषध सम्बन्धी ३ सय ८८ र चोरी सम्बन्धी उजुरी २ सय ७२ उजुरी परेको छ ।

 प्रहरीका अनुसार काठमाडौं उपत्यकामा मात्र १ हजार ३ सय ३२ वटा आपराधिक गतिविधि भएको छ । उपत्यका पछि मधेश प्रदेशमा ६ सय ९०, कोशी प्रदेशमा ६ सय ८३ र लुम्बिनी प्रदेशमा ६ सय २१ वटा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।